२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड ! एकैदिन ७ हजार ६ सयले बढ्यो


१९ आश्विन २०८२, आइतबार  

18
Shares

काठमाडौं । दशैंँ बिदा सकिएसँगै नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ ।

आजदेखि लागू भएको नयाँ दरअनुसार सुनको मूल्य एकैदिनमा ७ हजार ६ सय रुपैयाँले बढ्दै रेकर्ड कायम गरेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको दरमा छापावाल सुन तोलाको २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसअघि असोज १२ गते तोलाको २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन आजसम्मकै सबैभन्दा महँगो दरमा पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको २ हजार ८१० रुपैयाँमा रहेको चाँदी आज २ हजार ९३० रुपैयाँ पुगेको छ, जसमा १२० रुपैयाँको वृद्धि भएको हो ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दर उच्च हुनु र चाडपर्वका कारण आन्तरिक माग बढ्नु मूल्य वृद्धिका मुख्य कारण हुन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ