१२ बैशाख २०८३, शनिबार । April 26, 2026

डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक


२१ भाद्र २०८२, शनिबार  

12
Shares

काठमाडौं । डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ । यो उनको चौथो महाकाव्य हो । नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहका बीच उनको महाकाव्य कल्प सार्वजनिक गरिएको हो ।

पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयं भएर संयुक्त रूपमा कल्प सार्वजनिक गरेका थिए ।

यसअघि कर्ण, धारा र अग्नि तीन महाकाव्य प्रकाशित गरिसकेका लम्सालको यो महाकाव्यलाई प्रतीक्षाका साथ हेरिएको थियो । पुस्तक विमोचन अघि नै पुस्तक आउँदै गरेको समाचारले नेपाली मिडियामा यसरी ठाउँ पाउनुले महाकाव्यप्रति नेपाली पाठक र मिडियाको आकर्षण बढेको देखाउँछ । उच्चस्तरको चिन्तनलाई सहज र सरल भाषामा लेख्ने उनको विशेषता पनि यसको कारण हो ।

महाकाव्य लेख्नैका लागि रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैंले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन् ।

लम्साल समकालीन लेखकहरूमा तुलनात्मक रुपमा अध्ययनशील गम्भीर र पूर्वीय दर्शनको गहिरो जानकार मानिन्छन् । यो उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको महाकाव्य हो मानिएको छ । उनलाई नेपाली महाकाव्यको पुनर्जागरण युगको नेतृत्व गरेको जस जाने गरेको छ ।

विमोचन समारोहमा कांग्रेसका महामन्त्री समेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले नवराज लम्सालको प्रतिष्पर्धा नवराज लम्सालसँग मात्र भएको बताए । उनले भने, लम्साल २०६२ को आन्दोलन यताको केन्द्रीय साहित्यिक व्यक्तित्व भएको बताए । कुनै दलको झ्रन्डा नबोके पनि कुनै पनि राजनैतिका दलका नेताभन्दा कम राजनीतिक चेतना लम्सालसँग छैन भन्दै उनले भने त्यही चेतनाका कारण उनका काव्य उच्चस्तरका, वैचारिक र राजनीतिक नेतृत्वले पनि पढ्नै पर्ने भएको हो ।

कवि लम्साल प्रसिद्ध रेडियोकर्मी पनि हुन् । उसले ३० वर्ष रेडियो नेपालमा र १० वर्ष बिबिसीमा काम गरे। प्रसारणलाई उनले अनेक तरहले उचाइदिए । समाचार सूचना मनोरञ्जन शिक्षा सबैतिर लपक्क जमेका उनी नेपाली रेडियो प्रसारणका पनि मानक मानिन्छन् ।

प्राध्यापनको समेत अनुभव भएकी एमाले नेतृ, पूर्वमन्त्री तथा सांसद विद्या भट्टराईले भनिन्, नवराज लम्सालको वैचारिक धरातल निकै गहिरो पाएँ । कल्प पढे पछि कविको विश्वदृष्टि निकै राम्रो बताइन्।
कार्यक्रमका अर्का अतिथि नेकपा माओवादीका नेता पूर्वमन्त्री तथा सांसद सुदन किरातीले भने, लम्साल सिमान्तकृत जाति आदिवासी महिला र मधेशीको साँस्कृतिक विम्व र पहिचानका गहिरो लेखक हुन् ।
नवराज लम्साल देशको सांस्कृतिक चेतना र बहुलतालाई सम्मान गर्ने कवि हुन् । उनको लेखनमा सांस्कृतिक झल्को र देशको अनुहार भेटिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका सांसद मनिष झाले लम्सालले मधेशलाई जुरुक्क उठाएर आफ्नो बोली राख्न नसक्ने जनताको बोलीलाई कविताको भाषा दिएर देशलाई जोडेको बताए ।

समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यहरूको उदाहरण दिँदै नेपाली भाषामा यस प्रकारको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताए । महाकाव्य हुनका लागि जति चिन्तन बौद्धिकता र गहिराई चाहिन्छ, नवराज लम्सालले त्यसको सीमा पार गरेको उल्लेख गरे ।

कल्प शिखा बुक्सले प्रकाशन गरेको हो । प्रकाशक पुष्पराज पौडेलका अनुसार पुस्तक देशका प्रमुख सहरहरूमा पुगिसकेको छ। कर्णको चौथो संस्करण समेत प्रकाशित गरेका पौडेलले भने, नवराज लम्साल जस्तो महाकाव्यकारको महाकाव्य प्रकाशन गर्न पाउनु हाम्रो प्रकाशन गृहको लागि पनि सौभाग्य हो।

डा. लम्सालका चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रहसहित नौ पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin