१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

नाडा अटो शोमा जिली एक्स५ ईभीको धमाकेदार बुकिङ, १८७ युनिट सुरक्षित


९ भदौ २०८२, सोमबार  

27
Shares

काठमाडौं । नाडा अटो शोमा प्रदर्शित जिली एक्स ५ विद्युतीय गाडीले नेपाली बजारमा उल्लेखनीय रुचि पाएको छ।

नेपालमा ‘ड्रिम स्मार्ट चाइना’को अधिकृत आयातकर्ताको रूपमा जिली एक्स५ भित्र्याउने एलआरआर मोटर्स प्रा. लि. का अनुसार, मेलामा मात्र कुल १८७ युनिट गाडी बुकिङ भएका छन्। कम्पनीले क्याक्स र प्रो गरी दुई भेरियन्ट सार्वजनिक गरेको थियो। स्टलमा दर्शकहरूको भीडले जिली एक्स५ प्रति देखाएको आकर्षणले यसको लोकप्रियता स्पष्ट पार्छ।

एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठका अनुसार, अत्याधुनिक प्रविधि, लामो रेन्ज र आधुनिक डिजाइनका कारण जिली एक्स५ भरपर्दो, प्रिमियम र स्टाइलिश विद्युतीय सवारी खोज्ने ग्राहकहरूलाई मन परिरहेको छ।

यससँगै कम्पनीले गाडीका ब्याट्रीमा आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको छ। बुकिङ भएका गाडीहरूको डेलिभरी सोमबार देखि सुरु भएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था