२४ पुस २०८२, बिहिबार । January 9, 2026

नाडा अटो शोमा जिली एक्स५ ईभीको धमाकेदार बुकिङ, १८७ युनिट सुरक्षित



काठमाडौं । नाडा अटो शोमा प्रदर्शित जिली एक्स ५ विद्युतीय गाडीले नेपाली बजारमा उल्लेखनीय रुचि पाएको छ।

नेपालमा ‘ड्रिम स्मार्ट चाइना’को अधिकृत आयातकर्ताको रूपमा जिली एक्स५ भित्र्याउने एलआरआर मोटर्स प्रा. लि. का अनुसार, मेलामा मात्र कुल १८७ युनिट गाडी बुकिङ भएका छन्। कम्पनीले क्याक्स र प्रो गरी दुई भेरियन्ट सार्वजनिक गरेको थियो। स्टलमा दर्शकहरूको भीडले जिली एक्स५ प्रति देखाएको आकर्षणले यसको लोकप्रियता स्पष्ट पार्छ।

एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठका अनुसार, अत्याधुनिक प्रविधि, लामो रेन्ज र आधुनिक डिजाइनका कारण जिली एक्स५ भरपर्दो, प्रिमियम र स्टाइलिश विद्युतीय सवारी खोज्ने ग्राहकहरूलाई मन परिरहेको छ।

यससँगै कम्पनीले गाडीका ब्याट्रीमा आठ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको छ। बुकिङ भएका गाडीहरूको डेलिभरी सोमबार देखि सुरु भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले