काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमको निर्णय अनुसार शनिबारदेखि नयाँ मूल्य लागू हुनेछ। निगमले शुक्रबार जारी गरेको सूचनामा पेट्रोलको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको उल्लेख छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
नयाँ मूल्यसूची लागू भएपछि पेट्रोलको मूल्य बढ्ने भए पनि डिजेल र मट्टितेल प्रयोगकर्ताले केही राहत पाउने भएका छन्।







प्रतिक्रिया