२ माघ २०८२, बिहिबार । January 15, 2026

जम्मु–कश्मीर बाढी अपडेटः मृत्यु हुनेको संख्या ४५ पुग्यो



एजेन्सी । भारतको जम्मु–कश्मीरको किश्तवाड जिल्लामा हिजो बिहान आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

चाशोती क्षेत्रमा बिहान करिब ११:३० बजे आरीघोप्टे वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको छ, जसमा ११ जनाको मात्र पहिचान भएको छ।

१ सयभन्दा बढी मानिस घाइते भएका छन्, जसमा ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ। राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सुरक्षाकर्मीहरूलाई ६०–६० जनाका पाँच समूहमा विभाजन गरिएको छ। ती टोलीहरू प्रभावित क्षेत्रमा निरन्तर उद्धारमा खटिएका छन्।

यो आकस्मिक बाढीले स्थानीय बस्ती, सडक र पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको जनाइएको छ। प्रभावित परिवारलाई अस्थायी आश्रयस्थलमा सार्ने काम भइरहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले