७ कार्तिक २०८३, शनिबार । October 24, 2026

मंगलबार पनि सेयर बजारमा गिरावट, नेप्से २८०० अंकमुनि झर्यो


२७ श्रावण २०८२, मंगलबार  

12
Shares

काठमाडौं । मंगलबारको कारोबार दिनमा पनि सेयर बजारमा गिरावट देखिएको छ।

नेप्से परिसूचक २६.२२ अंकले घट्दै मनोवैज्ञानिक २८०० अंकको तहभन्दा तल पुगेर २७९६.२४ अंकमा बन्द भएको हो। आजको दिनमा कुल ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। कारोबारमा सहभागी भएका कम्पनीहरूमध्ये मात्र २४ वटाको मूल्य बढ्दा २२५ वटामा गिरावट आयो र १ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकमा होटल तथा पर्यटन समूह बाहेक सबै क्षेत्र नकारात्मक भए पनि कुनै पनि समूहमा घटबढको दर २ प्रतिशत नाघेन। बजारमा गिरावट हुँदाहुँदै पनि सिटी होटलका लगानीकर्ताले आज सबैभन्दा बढी लाभ पाए, जसको मूल्य ९.९९ प्रतिशतले उक्लियो। विपरीत, सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतको क्षति बेहोर्नु पर्‍यो।

कारोबार रकमको हिसाबले नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार २६ करोड ७७ लाख रुपैयाँभन्दा बढी भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्स, लक्ष्मी लघुवित्त र शिवम् सिमेन्टले पनि २० करोड रुपैयाँभन्दा माथिको कारोबार गरे।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि