१ आश्विन २०८३, बिहिबार । September 18, 2026

नेपाल यू–२० महिला टिमको एसियन कप यात्रा समाप्त ! कोरियासँग लज्जास्पद हार


२५ श्रावण २०८२, आइतबार  

81
Shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११–० को भारी हार बेहोरेको छ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी उत्तर कोरियाले पहिलो हाफमै ५ गोल गर्दै स्पष्ट अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल गर्दै उत्तर कोरियाले आफ्नो जितलाई अझ सुदृढ बनायो।

यस जितसँगै उत्तर कोरियाले समूहका सबै तीन खेल जित्दै ९ अंक हासिल गर्‍यो र समूह विजेता बनेर अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपको अन्तिम चरणमा स्थान पक्का गर्‍यो। साविक विजेता समेत रहेको उत्तर कोरियाले छनोट चरणमा ३६ गोल गरेको छ र एक गोल पनि खानु परेन।

नेपालका लागि भने यो छनोटको पहिलो हार हो, तर यस हारसँगै अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। नेपालले तीन खेलबाट ४ अंक मात्र जोड्न सफल भयो। पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित हासिल गरेको थियो।

नियम अनुसार ८ समूहका विजेता सिधै अन्तिम चरणमा पुग्नेछन्, भने उपविजेतामध्ये उत्कृष्ट ३ टोलीले पनि स्थान बनाउनेछन्। तर, अन्य समूहका दोस्रो स्थानमा रहेका टोलीसँग तुलना गर्दा नेपालको ४ अंक पर्याप्त भएन।

नेपालले प्रारम्भिक लक्ष्यमा भुटान र साउदीलाई हराउँदै उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने आशा राखेपनि, त्यो सपना पूरा हुन सकेन।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ