१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

एनपीएल अक्सनः यी चार खेलाडी जसले अधिकतम मूल्यमा सम्झौता गर्न सफल भए


२५ श्रावण २०८२, आइतबार  

93
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि बहुप्रतिक्षित खेलाडी अक्सन सम्पन्न भएको छ।

यसपटकको अक्सनमा ए–क्याटेगोरीका नौ खेलाडीमध्ये चार जनाले अधिकतम १५ लाख रुपैयाँको सम्झौता गर्न सफल भए। सबैभन्दा पहिले अनुबन्धमा पर्न सफल खेलाडी देव खनाल हुन्। उनलाई चितवन राइनोज र लुम्बिनी लायन्स दुवैले अधिकतम रकममा चित्तबुझाउँदा, लक्की ड्रमार्फत चितवनले आफ्नो टिममा भित्र्यायो।

तेस्तै, अर्जुन साउदलाई चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो बोली लगाए पनि लक्की ड्रको नतिजामा फेरि चितवनले नै उनलाई आफ्नो पक्षमा पार्न सफल भयो। पहिलो सिजनमा चोटका कारण अनुपस्थित रहेका पवन सर्राफप्रति चार टोलीको चासो देखियो। चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले सबैले अधिकतम रकममा बोली लगाउँदा, भाग्य कर्णालीको पक्षमा पर्‍यो र उनले त्यहीँबाट अनुबन्ध पाए।

सबैभन्दा धेरै प्रतीक्षित खेलाडी आदिल आलममाथि भने आठै टिमको नजर रह्यो। १० लाख रुपैयाँको न्यूनतम मूल्यबाट सुरु भएको बोली १५ लाखमा पुगेपछि, लक्की ड्रमार्फत काठमाडौं गोर्खाजले उनलाई अनुबन्ध गर्न सफल भयो। ए–क्याटेगोरीका बाँकी दुई खेलाडीमा दिलिप नाथ लुम्बिनी लायन्स र सूर्य तामाङ विराटनगर किङ्समा, दुवै जनाले १० लाखको बेस रकममै सम्झौता गरे।

हालसम्म २६ खेलाडी अक्सनमार्फत टिममा भइसकेका छन् भने बाँकी स्लट टिमहरूले अब ‘विश लिस्ट’बाट पूरा गर्नेछन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली