काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा मधेश प्रदेशका क्रिकेटर पवन सर्राफ कर्णाली याक्सबाट खेल्ने भएका छन्।
शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत कर्णालीले पवनलाई आफ्नो टोलीमा भित्र्याएको हो। ‘ए’ श्रेणीका खेलाडीमा परेका पवनका लागि कर्णालीले अधिकतम १५ लाख रूपैयाँ खर्च गरेको छ। अक्सनमा अन्य क्लबहरूले पनि उनीप्रति चासो देखाएका थिए, तर गोलाप्रथामा कर्णालीले अन्ततः बाजी मार्यो।
एनपीएलको अक्सनमा ‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रूपैयाँ तोकिएको थियो। यस श्रेणीमा कुल आठ खेलाडी सहभागी थिए। यस संस्करणका लागि अक्सनमा भाग लिने क्लबहरूमा जकपुर बोल्ट्स (पछिल्लो संस्करणका विजेता), काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स (साविक उपविजेता), लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स समावेश छन्।
त्यस्तै, ‘बी’ श्रेणीका खेलाडीको मूल्य पाँचदेखि १० लाखसम्म र ‘सी’ श्रेणीका खेलाडीको मूल्य दुईदेखि पाँच लाख रूपैयाँसम्म निर्धारण गरिएको छ।







प्रतिक्रिया