२६ पुस २०८२, शनिबार । January 11, 2026

एनपीएल अक्सनः अर्जुन साउदलाई चितवन राइनोजले १५ लाखमा किन्यो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिमका क्रिकेटर अर्जुन साउद चितवन राइनोजको जर्सीमा देखिने भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत चितवनले उनलाई टोलीमा सामेल गराएको हो। ‘ए’ श्रेणीमा रहेका अर्जुनका लागि चितवनले अधिकतम मूल्य १५ लाख रूपैयाँ खर्च गर्नुपर्‍यो। उनीप्रति कर्णाली याक्स र विराटनगर किङ्सले पनि चासो देखाए तर गोला प्रथामार्फत अन्ततः चितवनले बाजी मार्यो।

यो संस्करणको अक्सनमा साविक विजेता जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स सहभागी थिए।

एनपीएलमा खेलाडी मूल्य तीन श्रेणीमा तोकिएको छ — ‘ए’ श्रेणीका लागि १० देखि १५ लाख, ‘बी’ श्रेणीका लागि पाँचदेखि १० लाख, र ‘सी’ श्रेणीका लागि दुईदेखि पाँच लाख रूपैयाँ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले