२७ पुस २०८२, आइतबार । January 12, 2026

यू-२० महिला एशियन कप छनोट : साउदी अरेबियामाथि नेपालको शानदार जित



काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियामाथि रोमाञ्चक जित हात पारेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले अन्तिम मिनेटमा आएको गोलको आधारमा १–० को जीत दर्ता गर्यो। निर्णायक गोल खेलको ९०औं मिनेटमा शुक्रिया मियाँले गरिन्। यसअघि, ३६औं मिनेटमा प्राप्त पेनाल्टीको मौका सदुपयोग गर्न नेपाल असफल रह्यो। मीना देउवाको प्रहार बारमा ठोक्किएपछि अग्रता लिने मौका गुमेको थियो।

यसअघि समूहको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। अब समूह चरणको अन्तिम भिडन्तमा नेपालले आइतबार बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग खेल्नेछ।

३२ राष्ट्र सहभागी रहेको यस छनोटमा आठ समूह बनाइएको छ। प्रत्येक समूहको विजेता र उत्कृष्ट तीन उपविजेता टोलीले २०२६ मा थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपमा स्थान पाउनेछन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले