२ कार्तिक २०८३, सोमबार । October 19, 2026

सुनको मूल्य २ लाख नजिक, एकैदिन १ हजार ९ सयले बढ्यो


२० श्रावण २०८२, मंगलबार  

27
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा फेरि वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघिको दिन अर्थात् सोमबार सुन तोलाको १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार आजको दर सोमबारको तुलनामा उल्लेख्य रूपमा उच्च छ।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदी तोलामा २५ रुपैयाँले बढेर हाल २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

लगातारको उतारचढावबीच आजको वृद्धि घरेलु बजारमा गहना कारोबारी र लगानीकर्ताका लागि थप चासोको विषय बनेको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि