६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ इभी


१९ श्रावण २०८२, सोमबार  

15
Shares

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ ।

नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबिचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ । यसैबिच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली EX5 सिरिज नेपाल भित्रिएको छ । 

एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली EX5 प्रो र जिली EX5 म्याक्स भित्राएसँगै उत्पादनको छोटो समयभित्रै विश्वब्यापीरुपमा चर्चा बटुल्न सफल गाडीहरुमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको. हो । उसोत नेपाली बजारमा प्रवेश गर्नुअघि नै नेपाली अटोमोबिल पारखीहरुले यि गाडीहरुबारे खोजीनिती गर्न थालिसकेका थिए । 

नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको देखिन्छ ।  यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् । 

यी दुवै मोडलमा ६०.२ किलोवाट÷घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ । गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो ।

साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा २ लाख किमिसम्म वारेण्टि समेत दिएको जनाएको छ । यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ ।

यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ ।

आकर्षक डिजाइन र इन्टेरियर

जिली EMAX5 श्रृखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् । आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।

EMAX5 मा थप रूपमा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै flyme को साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ ।

अत्याधुनिक प्रविधि र आकर्षक मूल्य

यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् । साथै, जिलीले आफ्नै विकसित flyme अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ ।

EMAX5 प्रो र EMAX5 म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । नेपाली बजारका लागि EMAX5 प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने EMAX5 म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । तथापी, नेपाली उपाभोक्ताको अवस्था र रुचीलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केहि विशेष लाभ प्रदान गर्ने जनाएको छ । 

आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जिलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्नेछ । प्रतिस्पर्धी ब्राण्डहरुले कायम गरेको मूल्यको तुलनामा  जिली धेरै सस्तो हुने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो