२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आइतबार तोलामा ३४ सयले बढ्यो सुनको मूल्य


१८ श्रावण २०८२, आइतबार  

66
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा प्रति तोला ३,४०० रुपैयाँले बढेको हो। शुक्रबार प्रति तोला १,९३,१०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार १,९६,५०० रुपैयाँमा पुगेको छ। यो वृद्धि पछिल्लो केही समयको उच्च उकालोको रूपमा देखिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार २,२३५ रुपैयाँमा रहेको चाँदी आइतबार बढेर प्रति तोला २,२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मूल्य वृद्धिको यो प्रवृत्तिले सुनचाँदीमा लगानी गर्नेहरूका लागि उत्साहजनक भए पनि दैनिक उपभोग गर्ने उपभोक्ताहरूका लागि भने असर पुर्‍याउने सम्भावना छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ