२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पेट्रोल सस्तियो, डिजेल, मट्टितेल र हवाई इन्धन भने महँगियो


१६ श्रावण २०८२, शुक्रबार  

42
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ।

निगमले पेट्रोल सस्तो बनाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने बढाएको छ। निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरिएको हो। नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। यता डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ।

हवाई इन्धन अन्तर्राष्ट्रिय उडानका लागि पनि महँगिएको छ। काठमाडौंबाट हुने उडानको लागि हवाई इन्धन प्रति किलो लिटर २१ अमेरिकी डलरले बढाइएको छ। पोखरा र भैरहवा विमानस्थलका लागि भने बिक्री मूल्य ‘ब्रेकडाउन पोइन्ट’ मा निर्धारण गरिएको निगमले जनाएको छ। एलपी ग्यासको खुद्रा मूल्य भने यसपटक परिवर्तन गरिएको छैन।

समायोजित नयाँ मूल्यहरु आज साउन १७ गते राति १२ बजेदेखि लागू हुने निगमले स्पष्ट पारेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ