२७ पुस २०८२, आइतबार । January 11, 2026

पेट्रोल सस्तियो, डिजेल, मट्टितेल र हवाई इन्धन भने महँगियो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ।

निगमले पेट्रोल सस्तो बनाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने बढाएको छ। निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरिएको हो। नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। यता डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ।

हवाई इन्धन अन्तर्राष्ट्रिय उडानका लागि पनि महँगिएको छ। काठमाडौंबाट हुने उडानको लागि हवाई इन्धन प्रति किलो लिटर २१ अमेरिकी डलरले बढाइएको छ। पोखरा र भैरहवा विमानस्थलका लागि भने बिक्री मूल्य ‘ब्रेकडाउन पोइन्ट’ मा निर्धारण गरिएको निगमले जनाएको छ। एलपी ग्यासको खुद्रा मूल्य भने यसपटक परिवर्तन गरिएको छैन।

समायोजित नयाँ मूल्यहरु आज साउन १७ गते राति १२ बजेदेखि लागू हुने निगमले स्पष्ट पारेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले