२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सामान्य घट्यो शेयर बजार, १९ अर्ब बढीको कारोबार


१२ श्रावण २०८२, सोमबार  

18
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार पनि गिरावट देखिएको छ।

बजार सूचक २.०७ अंकले घट्दै २९६२ अंकमा झरेको छ। दिनको अन्तिम १५ मिनेटमा भएको भारित औसत मूल्य समायोजनअघि बजार १२ अंकले उकालो लागेको भए पनि समायोजनपछि सूचक पुनः ओरालो लागेको हो। यसअघि आइतबार पनि नेप्से १८.४४ अंकले घटेको थियो।

बजार सोमबार खुल्नासाथ ओरालो लाग्न थालेको थियो र मध्यदिउँसो १२:३८ बजे सम्म आइपुग्दा सूचक २९१८ अंकसम्म झरेको थियो, जुन दिनको सबैभन्दा न्यून विन्दु रह्यो। यद्यपि त्यसपछि केही सुधार देखिए पनि अन्तिममा नेप्से रातो मै सीमित रह्यो। कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार त्यो घटेर १९ अर्ब ३६ करोड रुपैयाँमा सीमित भयो।

यसबिच, केही समूहले भने हरियाली देखाएका छन्। व्यापार समूह ३.२४ प्रतिशत र विकास बैंक समूह ३.०४ प्रतिशतले वृद्धि भए। फाइनान्स समूह २.७५ प्रतिशतले तथा उत्पादन तथा प्रशोधन समूह १.७१ प्रतिशतले बढेका छन्।

लगातारको उतारचढावबीच लगानीकर्ताहरू अझै पनि बजारको स्थायित्वको प्रतीक्षामा देखिएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ