२८ पुस २०८२, सोमबार । January 12, 2026

इरानको जेलबाट मुक्त भएका पाँच नेपाली स्वदेश फर्किए



काठमाडौैं । इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिक अन्ततः स्वदेश फर्किएका छन्। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहकार्यमा उनीहरू साउन ८ गते (हिजो) काठमाडौं आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरू स्वदेश फर्किएको जानकारी दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई थुनामुक्त गरिएको थियो।

यसअघि इजरायल–इरान युद्धका कारण उत्पन्न संकटको बेला भारत सरकारको सहयोगमा तीन चरणमा गरी ९ जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको थियो। युद्धविरामसँगै क्षेत्रको अवस्था विस्तारै सामान्य बन्दै गएको मन्त्रालयले जनाएको छ।

नेपाल सरकारको पहल, कूटनीतिक समन्वय र अन्तर्राष्ट्रिय निकायको सहायतामा नेपाली नागरिकहरूको सुरक्षित घरफिर्ती सुनिश्चित गरिएको यो पछिल्लो उदाहरण हो।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले