१ कार्तिक २०८३, आइतबार । October 18, 2026

साफ यू–२० च्याम्पियनसिपः बंगलादेशसँग पराजित भयो नेपाल, उपाधि सपना अधुरै


५ श्रावण २०८२, सोमबार  

54
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४–० को अन्तरले पराजित भएको छ।

यस पराजयसँगै नेपालले पहिलोपटक उपाधि जित्ने लक्ष्य अधुरै रह्यो। बंगलादेशका लागि मोसमत सागोरिकाले एक्लैले चार गोल गर्दै ह्याट्रिक मात्र होइन, निर्णायक प्रदर्शन गर्दै टोलीलाई लगातार दोस्रो पटक उपाधि दिलाइन्। यसअघि समूह चरणमा पनि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। प्रतियोगितामा नेपाल बंगलादेशबाहेक अन्य टोलीसँग अपराजित रह्यो।

तीन खेलको प्रतिबन्धपछि सोमबारको फाइनलमा फर्किएकी सागोरिकाले आठौं मिनेटमै पहिलो गोल गर्दै नेपालको डिफेन्समा दबाब सिर्जना गरिन्। नेपाली गोलकिपर सुजता तामाङलाई बिट गर्दै उनले पहिलो हाफमै गोल गरेकी थिइन्। दोस्रो हाफमा अझ आक्रामक देखिएकी सागोरिकाले ५२औं, ५८औं र ७८औं मिनेटमा थप तीन गोल गर्दै व्यक्तिगत चार गोल पुरा गरिन्।

प्रतियोगितामा बंगलादेशले खेलेका सबै ६ खेलमा जित निकाल्दै १८ अंकसहित अपराजित रूपमा च्याम्पियन बन्यो। नेपालले १२ अंक जोड्दै दोस्रो स्थानमा सन्तोष मान्नुपर्‍यो। सन् २०२३ मा पनि उपाधि जितेको बंगलादेशको यो उमेर समूहमा पाँचौं उपाधि हो।

यसबाहेक, गत जुलाई १३ मा यी दुई टोलीबीच भएको खेलमा नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिका बीच विवाद उत्पन्न भएपछि दुवैलाई रातो कार्ड देखाउँदै तीन खेलको प्रतिबन्ध लगाइएको थियो।

प्रतिबन्ध हटेसँगै दुवै खेलाडी फाइनलमा मैदानमा फर्किएका थिए। तर, निर्णायक क्षणमा चम्किन सफल रहिन् सागोरिका मात्रै।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि