९ श्रावण २०८३, शनिबार । July 25, 2026

साफ यू–२० च्याम्पियनसिपः बंगलादेशसँग पराजित भयो नेपाल, उपाधि सपना अधुरै


५ श्रावण २०८२, सोमबार  

54
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४–० को अन्तरले पराजित भएको छ।

यस पराजयसँगै नेपालले पहिलोपटक उपाधि जित्ने लक्ष्य अधुरै रह्यो। बंगलादेशका लागि मोसमत सागोरिकाले एक्लैले चार गोल गर्दै ह्याट्रिक मात्र होइन, निर्णायक प्रदर्शन गर्दै टोलीलाई लगातार दोस्रो पटक उपाधि दिलाइन्। यसअघि समूह चरणमा पनि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। प्रतियोगितामा नेपाल बंगलादेशबाहेक अन्य टोलीसँग अपराजित रह्यो।

तीन खेलको प्रतिबन्धपछि सोमबारको फाइनलमा फर्किएकी सागोरिकाले आठौं मिनेटमै पहिलो गोल गर्दै नेपालको डिफेन्समा दबाब सिर्जना गरिन्। नेपाली गोलकिपर सुजता तामाङलाई बिट गर्दै उनले पहिलो हाफमै गोल गरेकी थिइन्। दोस्रो हाफमा अझ आक्रामक देखिएकी सागोरिकाले ५२औं, ५८औं र ७८औं मिनेटमा थप तीन गोल गर्दै व्यक्तिगत चार गोल पुरा गरिन्।

प्रतियोगितामा बंगलादेशले खेलेका सबै ६ खेलमा जित निकाल्दै १८ अंकसहित अपराजित रूपमा च्याम्पियन बन्यो। नेपालले १२ अंक जोड्दै दोस्रो स्थानमा सन्तोष मान्नुपर्‍यो। सन् २०२३ मा पनि उपाधि जितेको बंगलादेशको यो उमेर समूहमा पाँचौं उपाधि हो।

यसबाहेक, गत जुलाई १३ मा यी दुई टोलीबीच भएको खेलमा नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिका बीच विवाद उत्पन्न भएपछि दुवैलाई रातो कार्ड देखाउँदै तीन खेलको प्रतिबन्ध लगाइएको थियो।

प्रतिबन्ध हटेसँगै दुवै खेलाडी फाइनलमा मैदानमा फर्किएका थिए। तर, निर्णायक क्षणमा चम्किन सफल रहिन् सागोरिका मात्रै।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर