२८ पुस २०८२, सोमबार । January 12, 2026

नेप्सेमा दोहोरो अङ्कको उछाल, कारोबार रकम १६ अर्ब नाघ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सोमबार दोहोरो अङ्कले उकालो लागेको छ।

आज नेप्से २१.७६ अङ्कले वृद्धि भई २८९२.७२ बिन्दुमा पुगेर बन्द भएको हो। सोमबारको कारोबारमा ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कूल कारोबार रकम १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ पुगेको छ। गत आइतबारको तुलनामा आजको बजार उल्लेखनीय रूपमा सक्रिय रह्यो।

आइतबार नेप्से ०.३२ अङ्कले मात्रै बढेर २८७०.९५ बिन्दुमा बन्द भएको थियो। आजको बजारमा सर्वाधिक मुनाफा कमाउने कम्पनीहरूमा थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर, र सान्भी इनर्जी लिमिटेड अग्रस्थानमा रहे। कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा उक्लिएको छ।

यस दिन बजार पूँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ नाघेको छ, जसले बजारमा लगानीकर्ताको विश्वास सुदृढ भएको संकेत गर्छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले