१३ श्रावण २०८३, बुधबार । July 29, 2026

नेप्सेमा दोहोरो अङ्कको उछाल, कारोबार रकम १६ अर्ब नाघ्यो


५ श्रावण २०८२, सोमबार  

9
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सोमबार दोहोरो अङ्कले उकालो लागेको छ।

आज नेप्से २१.७६ अङ्कले वृद्धि भई २८९२.७२ बिन्दुमा पुगेर बन्द भएको हो। सोमबारको कारोबारमा ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कूल कारोबार रकम १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ पुगेको छ। गत आइतबारको तुलनामा आजको बजार उल्लेखनीय रूपमा सक्रिय रह्यो।

आइतबार नेप्से ०.३२ अङ्कले मात्रै बढेर २८७०.९५ बिन्दुमा बन्द भएको थियो। आजको बजारमा सर्वाधिक मुनाफा कमाउने कम्पनीहरूमा थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर, र सान्भी इनर्जी लिमिटेड अग्रस्थानमा रहे। कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा उक्लिएको छ।

यस दिन बजार पूँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ नाघेको छ, जसले बजारमा लगानीकर्ताको विश्वास सुदृढ भएको संकेत गर्छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर