१ कार्तिक २०८३, आइतबार । October 18, 2026

एनआईसी एशिया बैंक २८औं वर्षमा, दुरदराजसम्मको पहुँच र ग्राहक विश्वासमा अटुट यात्रा


५ श्रावण २०८२, सोमबार  

12
Shares

काठमाडौं । एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ।

विगत २८ वर्षको यात्रामा बैंकले उल्लेखनीय प्रगति गर्दै मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखा रहित सेवा केन्द्रमार्फत लाखौं ग्राहकहरूसँग आफ्नो सेवा विस्तार गरेको छ। वित्तीय पहुँच अझ व्यापक बनाउने उद्देश्यले बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता दुर्गम तथा पिछडिएका जिल्लाहरूमा समेत आफ्नो शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा सक्रिय भूमिका खेल्दै आएको छ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले बैंकको यस यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै भने, “हामीप्रति निरन्तर स्नेह, भरोसा र समर्थन दर्शाउँदै ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाउन योगदान पुर्‍याउनु हुने सबै ग्राहक, नियामक, शेयरधनी, कर्मचारी तथा सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौँ।”

उनले थपे, “अहिलेसम्मको हाम्रो सफलतामा सम्पूर्ण श्रेय हाम्रा सरोकारवालाहरूलाई नै जान्छ। आगामी दिनहरूमा हामी अझ अत्याधुनिक, विश्वस्तरीय, प्रविधिमैत्री र ग्राहकमैत्री सेवा प्रवाह गर्दै सबैको पहिलो रोजाइ बन्ने लक्ष्यमा दृढ छौँ।”

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि