१२ फाल्गुन २०८२, मंगलबार । February 25, 2026

नेप्सेमा ठूलो उतारचढाव, ११ महिना यताकै उच्चतम कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से (नेपाल स्टक एक्सचेञ्ज) मा उल्लेख्य उतारचढाव देखिएको छ।

अघिल्लो कारोबार दिन २८७० विन्दुमा बन्द भएको नेप्से सूचक आइतबार कारोबारको क्रममा दिउँसो १ बजे ५२ अंकले उकालो लाग्दै २९२२ अंकमा पुगेको थियो। तर त्यसपछि बजारमा तीव्र बिक्री दबाब देखिएपछि नेप्से फेरि ओरालो लागेर कारोबार अन्त्यमा फेरि २८७० विन्दुमा आएर स्थिर भयो।

तर अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा बजार २.८७ अंकले घट्दै २८६७ अंकमा झरेको देखिएको छ। मूल्य समायोजनपछि भने नेप्से सूचक अघिल्लो दिनको तुलनामा ०.३२ अंकले वृद्धि भएको छ। बजारमा यति ठूलो उतारचढाव भए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ।

आइतबारको कारोबार रकम २१ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन ११ महिनायताकै सबैभन्दा ठूलो कारोबार हो। यसअघि गत वर्ष साउन ३२ गते २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड रहेको थियो। दिनभरको कारोबारमा १०५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४४ कम्पनीको सेयर मूल्य घटेको छ।

सबैभन्दा बढी गिरावट देखिएको समूह फाइनान्स हो, जसको सूचक २.२६ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ १.३८, उत्पादन तथा प्रशोधन १.१२, हाइड्रोपावर ०.४२, व्यापार ०.५०, लगानी ०.१६, विकास बैंक ०.०८ र माइक्रोफाइनान्स समूह ०.०२ प्रतिशतले घटेका छन्। दोस्रोतर्फ, ‘अन्य’ समूहमा भने ३.३६ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशतले उकालो लागेको छ।

चार कम्पनीका सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक संकेत देखिएको छ। ती कम्पनीहरू हुन् – सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यवासिनी हाइड्रोपावर। त्यसैगरी, सिटी होटलको मूल्य ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८, र नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशतले बढेको हो।

उता, समृद्धि फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ८.८८ प्रतिशतले घटेको छ। दोर्दीखोला हाइड्रोपावर ४.६१ र पञ्चकन्या माइ हाइड्रोपावर ४.५१ प्रतिशतले घटेका छन्। कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर अगाडि देखिए।

हाल शेयर बजारको कुल पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा