२९ चैत्र २०८२, आइतबार । April 12, 2026

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साहजनक वृद्धि


१ श्रावण २०८२, बिहिबार  

15
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन तथा साता समाप्तिको बिहीबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.८२ अंकले उकालो लाग्दै २८७४.६० विन्दुमा पुग्न सफल भयो। आजको कारोबारमा कुल २३९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ९ कम्पनीको मूल्यमा गिरावट आएको छ। दिनभरमा ३११ वटा स्क्रिप्टका ३ करोड कित्ता सेयर किनबेच हुँदै कूल १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

दैनिक कारोबारको सूचीमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जहाँ ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। यसैगरी, बुटवल पावर कम्पनीमा ६० करोड, राधी विद्युत कम्पनीमा ५६ करोड, सानिमा माइ हाइड्रोमा ४२ करोड र न्यादी ग्रुपमा ४१ करोड रुपैयाँको कारोबार देखियो।

आज ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा उछाल ल्याउन थप ऊर्जा प्रदान गर्‍यो। सेयर बजारमा आएको यो उछालमा ‘अन्य समूह’ को उल्लेखनीय भूमिका देखिएको छ, जुन समूह ५.०९ प्रतिशतले बढ्यो।

हाइड्रोपावर, इन्भेष्टमेन्ट र जीवन बीमा समूह पनि क्रमशः ३ प्रतिशतभन्दा बढीले उकालो लागे। यता, म्युचुअल फन्ड समूहमा भने न्यूनतम ०.०४ प्रतिशत मात्रको वृद्धिदर रह्यो।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व