२८ पुस २०८२, सोमबार । January 12, 2026

‘खल्ती बाइ आइएमई’: नेपालको सबैभन्दा ठूलो डिजिटल वालेट



काठमाडौं । नेपाली डिजिटल भुक्तानी क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ।

आइएमई पे र खल्ती वालेट मर्ज भएर अबदेखि ‘खल्ती बाइ आइएमई’ को नाममा एकीकृत सेवा सुरु भएको छ। बिहीबारदेखि लागू भएको यो मर्जरसँगै, अब यी दुई फरक विशेषता भएका डिजिटल वालेट एउटै एपमा समेटिएका छन्। यस मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

१ करोड २७ लाखभन्दा बढी सेवाग्राही यस एकीकृत प्रणालीसँग जोडिएपछि ‘खल्ती बाइ आइएमई’ नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ। आइएमई पे र खल्ती दुवैले विगत झन्डै एक दशकदेखि नेपाली डिजिटल वित्तीय सेवा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

आइएमई पे ब्याज दिने एक मात्र वालेटका रूपमा परिचित थियो भने रेमिटेन्स र इनड्राइभजस्ता सेवामा लोकप्रिय थियो। खल्तीले चाहिँ मुभी टिकट, इभेन्ट बुकिङ र इनोभेटिभ फिचरहरूमार्फत युवापुस्तामा विशेष स्थान बनाएको थियो। अब यी सेवा र सुविधाहरू एउटै एपमार्फत अझ परिष्कृत, सहज र सुरक्षित रूपमा उपलब्ध हुनेछन्।

साबिक आइएमई पे प्रयोगकर्ताहरूले नयाँ एपमा सजिलै माइग्रेट हुन सक्नेछन्, जसअन्तर्गत पुराना वालेटमा भएको रकम, ब्याज, रिवार्ड प्वाइन्टसहितका विवरण नयाँ एपमा स्वतः सारिनेछन्। खल्ती प्रयोगकर्ताहरूले भने एप अपडेट गरेर नयाँ अनुभव लिन सक्नेछन्।

‘आइएमई खल्ती लिमिटेड’ मा आइएमई ग्रुप, वल्डलिंक, त्रिवेणी ग्रुप लगायतका ठूला कर्पोरेट लगानीकर्ता आबद्ध छन्। संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्माले मर्जरले डिजिटल नेपाल अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यसलाई नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि ऐतिहासिक कदम भनेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच, साक्षरता र समावेशीकरणमा केन्द्रित योजनाहरू ल्याउने प्रतिबद्धता जनाए।

दुवै कम्पनीले मर्जरको औपचारिक घोषणा गर्न आज विशेष कार्यक्रमको आयोजना पनि गर्दैछन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले