२२ माघ २०८२, बुधबार । February 4, 2026

‘खल्ती बाइ आइएमई’: नेपालको सबैभन्दा ठूलो डिजिटल वालेट



काठमाडौं । नेपाली डिजिटल भुक्तानी क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ।

आइएमई पे र खल्ती वालेट मर्ज भएर अबदेखि ‘खल्ती बाइ आइएमई’ को नाममा एकीकृत सेवा सुरु भएको छ। बिहीबारदेखि लागू भएको यो मर्जरसँगै, अब यी दुई फरक विशेषता भएका डिजिटल वालेट एउटै एपमा समेटिएका छन्। यस मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

१ करोड २७ लाखभन्दा बढी सेवाग्राही यस एकीकृत प्रणालीसँग जोडिएपछि ‘खल्ती बाइ आइएमई’ नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ। आइएमई पे र खल्ती दुवैले विगत झन्डै एक दशकदेखि नेपाली डिजिटल वित्तीय सेवा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

आइएमई पे ब्याज दिने एक मात्र वालेटका रूपमा परिचित थियो भने रेमिटेन्स र इनड्राइभजस्ता सेवामा लोकप्रिय थियो। खल्तीले चाहिँ मुभी टिकट, इभेन्ट बुकिङ र इनोभेटिभ फिचरहरूमार्फत युवापुस्तामा विशेष स्थान बनाएको थियो। अब यी सेवा र सुविधाहरू एउटै एपमार्फत अझ परिष्कृत, सहज र सुरक्षित रूपमा उपलब्ध हुनेछन्।

साबिक आइएमई पे प्रयोगकर्ताहरूले नयाँ एपमा सजिलै माइग्रेट हुन सक्नेछन्, जसअन्तर्गत पुराना वालेटमा भएको रकम, ब्याज, रिवार्ड प्वाइन्टसहितका विवरण नयाँ एपमा स्वतः सारिनेछन्। खल्ती प्रयोगकर्ताहरूले भने एप अपडेट गरेर नयाँ अनुभव लिन सक्नेछन्।

‘आइएमई खल्ती लिमिटेड’ मा आइएमई ग्रुप, वल्डलिंक, त्रिवेणी ग्रुप लगायतका ठूला कर्पोरेट लगानीकर्ता आबद्ध छन्। संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्माले मर्जरले डिजिटल नेपाल अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यसलाई नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि ऐतिहासिक कदम भनेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच, साक्षरता र समावेशीकरणमा केन्द्रित योजनाहरू ल्याउने प्रतिबद्धता जनाए।

दुवै कम्पनीले मर्जरको औपचारिक घोषणा गर्न आज विशेष कार्यक्रमको आयोजना पनि गर्दैछन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल