२ कार्तिक २०८३, सोमबार । October 20, 2026

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि


३२ असार २०८२, बुधबार  

24
Shares

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से परिसूचक हरियालीमा अन्त्य भएको छ।

पछिल्ला केही दिनयता सुधारको संकेत देखिएको नेप्से आज थप ३४.६१ अंकले उक्लिँदै २७९४.७८ विन्दुमा पुगेको छ। यो स्तर नेप्सेले झण्डै चार महिनापछि छोएको हो। पछिल्लो पटक फागुन २२ गते नेप्से २८१८.४३ विन्दुमा पुगेको थियो, त्यसपछि भने लगातार ओरालो लागेको थियो। मौद्रिक नीति सार्वजनिक भएपछि बजारमा आशावाद जागेको देखिएको छ।

त्यसको असर आइतबारदेखि नै बजारमा सकारात्मक रुपमा देखिएको हो। बुधबार सेन्सेटिभ इण्डेक्स ७.८६, फ्लोट इण्डेक्स २.६६ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंकले उकालो लागेका छन्। बुधबारको सेयर बजारमा ३३० कम्पनीका ९९ हजार ५०५ पटक कारोबार हुँदै कुल १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

खरिदबिक्री भएका कित्ताको संख्याले ४ करोड ३१ लाख नाघेको छ। यो कारोबार रकम साढे चार महिनाको सर्वाधिक हो। यसअघि फागुन १९ गते १४ अर्ब २८ करोड बराबरको कारोबार भएको थियो। उल्लेखनीय रूपमा केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले उक्लिएको छ।

ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको मूल्यमा पनि झण्डै ८ प्रतिशतको बृद्धि देखिएको छ। कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रहेको छ। कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनी र सानिमा माइ हाइड्रोपावरले पनि उल्लेखनीय कारोबार गरेका छन्।

कुल १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढ्दा व्यापार उपसमूहको मात्र परिसूचकमा सामान्य गिरावट देखिएको छ। विकास बैंक उपसमूह ३.८६ प्रतिशतले अगाडि बढेको छ भने बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

नेप्सेमा आज देखिएको उत्साहपूर्ण सुधारले लगानीकर्तामा सकारात्मक ऊर्जा भरिदिएको छ, जसले आगामी दिनमा समेत बजारलाई गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि