२९ चैत्र २०८२, आइतबार । April 12, 2026

मंगलम इन्डष्ट्रिजमा अवसर इक्वीटी फण्डको ३८ करोड रुपैयाँको रणनीतिक लगानी


३१ असार २०८२, मंगलबार  

9
Shares

काठमाडौं। नेपाली उत्पादन क्षेत्रको एक अग्रणी कम्पनी मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड बाट झण्डै ३८ करोड रुपैयाँको रणनीतिक लगानी प्राप्त गरेको छ।

कम्पनीले यस लगानीलाई आफ्नो विकास यात्रा र लगानीकर्ताको विश्वासको ऐतिहासिक संकेत भएको बताएको छ। यो लगानी कम्पनीलाई आधुनिक उत्पादन, कार्यप्रणाली सुदृढीकरण, तथा नेपाल र अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले भने, “अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा हामी खुशी छौं। यसले हाम्रो व्यवसायिक मोडेललाई बलियो बनाउनुका साथै सबै सरोकारवालाहरूका लागि उत्प्रेरणा प्रदान गरेको छ।”

एमआईएलले यो लगानी मुख्यतः वित्तीय अवस्था मजबुत पार्न, नवप्रवर्तनमा ध्यान दिन र दिगोपन र उत्कृष्टता तर्फ थप प्रतिबद्ध हुन प्रयोग गर्ने जनाएको छ। साथै, अवसर इक्वीटी फण्डसँगको सहकार्यबाट कम्पनीले नयाँ सम्भावनाहरू अन्वेषण गर्ने र गुणस्तरीय उत्पादनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा राखेको छ।

मंगलम इन्डष्ट्रिज लिमिटेड नेपालमा स्थापना भएको एक प्रमुख उत्पादन कम्पनी हो। कम्पनीले सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादनमा विशेषज्ञता राखेको छ, जुन प्लम्बिङ, ड्रेनेज, वर्षा पानी संकलन, पानी आपूर्ति, इलेक्ट्रिक कन्डुट प्रणाली लगायतका प्रयोजनका लागि प्रयोग गरिन्छ। नेपालमै सीपीभीसी पाइप उत्पादन गर्ने पहिलो र निर्यात गर्ने एकमात्र कम्पनीका रूपमा मंगलम चिनिन्छ।

देशभर सशक्त डिलर सञ्जाल र साझेदारीमार्फत कम्पनीले आफूलाई नेपालको औद्योगिक क्षेत्रमा एक विश्वासिलो ब्राण्ड को रूपमा स्थापित गर्दै आएको छ। अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड नेपालकै पहिलो स्वदेशी निजी इक्विटी फण्ड हो, जुन विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता गरिएको हो।

यस फण्डको उद्देश्य उच्च सम्भावना भएका व्यवसायहरूमा दीर्घकालीन रणनीतिक लगानी गरेर तिनीहरूलाई सशक्त बनाउनु हो।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व