२८ पुस २०८२, सोमबार । January 12, 2026

मौद्रिक नीतिपछि खुला शेयर बजारमा सुधार, कारोबार रकम ११ अर्ब नाघ्यो



काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछि पहिलोपटक खुलेको शेयर बजारमा सामान्य सुधार देखिएको छ।

शुक्रबार नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याएको भोलिपल्ट आइतबार सेयर बजारमा २९.२८ अंकको वृद्धि देखिएको हो। दिनको सुरुवातमै बजार सूचक करिब ६९ अंकले उकालो लागेको थियो, तर त्यसपछिको घटबढका बीच बजार २७६०.८० विन्दुमा आएर थामियो। अघिल्लो दिनको तुलनामा सूचकले सुधार देखाए पनि बजारले उच्चतम विन्दुमा टिक्न नसकेको देखिन्छ।

आज लगानीकर्ताको सक्रियताले बजारमा उल्लेखनीय चहलपहल देखियो। कुल ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो, जुन पछिल्लो समयको तुलनामा निकै ठुलो परिमाण हो। कारोबार भएका २४८ कम्पनीमध्ये १५८ कम्पनीको शेयर मूल्य बढ्दा ९० कम्पनीको मूल्यमा गिरावट आएको छ। कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन, जसले बजारमा व्यापक चलायमानता देखाएको संकेत गर्छ।

उद्योगगत वर्गीकरणअनुसार, आज ८ वटा समूहको सूचकमा वृद्धि देखिएको छ भने ५ वटाको घटबढ भएको छ। बैंकिङ समूहमा सबैभन्दा उच्च ३.३७ प्रतिशतको वृद्धि भएको छ। विकास बैंक र फाइनान्स समूहले क्रमशः १.४७ र १.८७ प्रतिशतको वृद्धिदर देखाएका छन्। म्युचुअल फन्ड समूहमा पनि एक प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ। हाइड्रोपावर समूहमा भने सबैभन्दा कम ०.८३ प्रतिशत मात्रै वृद्धिमा सीमित रह्यो।

व्यक्तिगत कम्पनीतर्फ हेर्दा, एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, हिमालयन हाइड्रोपावरको मूल्यमा सबैभन्दा धेरै ९.९३ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ, जसको कारोबार ३७ करोड १४ लाख रुपैयाँ नाघेको छ। त्यसपछि बुटवल पावर कम्पनीको ३२ करोड ८२ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कुल मिलाएर हेर्दा, मौद्रिक नीतिपछि लगानीकर्तामा सकारात्मक मनोवृत्ति देखिए पनि बजार अझै स्थायीत्व खोजिरहेको देखिन्छ। आउँदा दिनमा नीति कार्यान्वयनको प्रभाव र लगानीकर्ताको धारणा अनुसार बजारको गति तय हुनेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले