८ कार्तिक २०८३, आइतबार । October 25, 2026

आज सार्वजनिक हुँदै राष्ट्र बैंकको नयाँ मौद्रिक नीति


२७ असार २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ।

गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा पहिलोपटक सार्वजनिक हुन लागेको यो मौद्रिक नीतिको तयारी पूरा भएको जानकारी राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले दिएका छन्। बैंक सञ्चालक समितिको बैठक केही बेरमा बस्ने कार्यक्रम रहेको छ। हिजो बसेको बैठकमा मौद्रिक नीतिको प्रस्तावनासम्बन्धी छलफल गरिएको थियो भने आजको बैठकमा थप नीतिगत बुँदाहरूमा निर्णय गरिनेछ।

यदि बैठकले नीति स्वीकृत गर्‍यो भने आजै दिउँसो गभर्नर पौडेलले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका छन्। यसपालि मौद्रिक नीति सरकारको बजेटसँग मेल खाने गरी ल्याइँदैछ। राष्ट्र बैंकले अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उदार नीति ल्याउने तयारी गरेको छ।

यद्यपि ब्याजदर ऐतिहासिक रूपमा न्यून स्तरमा रहँदासमेत कर्जाको मागमा उल्लेख्य वृद्धि नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। अर्थतन्त्र पूर्ण रूपमा गतिशील नहुँदा लगानी र ऋण प्रवाहमा पनि प्रभाव परेको छ।

नयाँ मौद्रिक नीतिले कर्जाको माग बढाउने, लगानीको वातावरण सृजना गर्ने र समग्र अर्थतन्त्रलाई पुनः सक्रिय बनाउने लक्ष्य लिएको स्रोतको भनाइ छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि