२९ चैत्र २०८२, आइतबार । April 12, 2026

आज सार्वजनिक हुँदै राष्ट्र बैंकको नयाँ मौद्रिक नीति


२७ असार २०८२, शुक्रबार  

15
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ।

गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा पहिलोपटक सार्वजनिक हुन लागेको यो मौद्रिक नीतिको तयारी पूरा भएको जानकारी राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले दिएका छन्। बैंक सञ्चालक समितिको बैठक केही बेरमा बस्ने कार्यक्रम रहेको छ। हिजो बसेको बैठकमा मौद्रिक नीतिको प्रस्तावनासम्बन्धी छलफल गरिएको थियो भने आजको बैठकमा थप नीतिगत बुँदाहरूमा निर्णय गरिनेछ।

यदि बैठकले नीति स्वीकृत गर्‍यो भने आजै दिउँसो गभर्नर पौडेलले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका छन्। यसपालि मौद्रिक नीति सरकारको बजेटसँग मेल खाने गरी ल्याइँदैछ। राष्ट्र बैंकले अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उदार नीति ल्याउने तयारी गरेको छ।

यद्यपि ब्याजदर ऐतिहासिक रूपमा न्यून स्तरमा रहँदासमेत कर्जाको मागमा उल्लेख्य वृद्धि नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। अर्थतन्त्र पूर्ण रूपमा गतिशील नहुँदा लगानी र ऋण प्रवाहमा पनि प्रभाव परेको छ।

नयाँ मौद्रिक नीतिले कर्जाको माग बढाउने, लगानीको वातावरण सृजना गर्ने र समग्र अर्थतन्त्रलाई पुनः सक्रिय बनाउने लक्ष्य लिएको स्रोतको भनाइ छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व