२८ पुस २०८२, सोमबार । January 12, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार दोस्रो वर्ष ‘नेपालको उत्कृष्ट बैंक’को उपाधि



काठमाडौं । प्रतिष्ठित ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले सन् २०२५ का लागि ग्लोबल आईएमई बैंकलाई नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मानित गरेको छ।

एसिया प्यासिफिक क्षेत्रका शीर्ष बैंकहरूलाई दिइने यस अन्तर्राष्ट्रिय पुरस्कारको यो ३२औं संस्करण हो, जहाँ नेपालबाट ग्लोबल आईएमईले पुनः एकपटक उत्कृष्टता हासिल गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले लगातार दोस्रो वर्ष यो उपाधि प्राप्त गर्नु बैंकको सशक्त प्रदर्शन, रणनीतिक सोच र ग्राहक केन्द्रित सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए।

“डिजिटल बैंकिङ क्षमतामा विस्तार, खुद्रा तथा साना तथा मझौला उद्यम (एसएमई) सेवाको सुदृढीकरण र वित्तीय समावेशीताको प्रवर्द्धन हाम्रो प्रगतिका मुख्य आधार हुन्,” रेग्मीले भने।

उनले यस अन्तर्राष्ट्रिय मान्यताले देशभर बैंकिङ सेवा अझ प्रभावकारी र दिगो बनाउन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले