१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

सेयर बजारमा उछाल: चार महिनापछि नेप्से उच्चतम विन्दुमा


२६ असार २०८२, बिहिबार  

30
Shares

काठमाडौं । नेपाली सेयर बजारले झण्डै चार महिनापछि उल्लेखनीय सुधार देखाएको छ ।

बिहीबारको कारोबारमा नेप्से परिसूचक २५.८९ अंकले उक्लिँदै २७३१ विन्दुमा पुगेको छ, जुन २८ फागुनयताकै सबैभन्दा उच्च बिन्दु हो । त्यसयता बजार २७३० अंकभन्दा तल नै सीमित रहँदै आएको थियो । यस दिन बजारको समग्र कारोबार रकममा समेत उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ९ अर्ब ६८ करोड रुपैयाँ पुग्यो ।

बिहीबार कुल १६१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको घट्यो । बजार उकालो लाग्नुमा वाणिज्य बैंक समूहको प्रभाव प्रमुख देखियो । नेप्से ०.९५ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको सूचक ३.०२ प्रतिशतले उक्लिएको छ । अन्य समूहमध्ये विकास बैंक १.१२ प्रतिशत, माइक्रोफाइनान्स १.४६ प्रतिशत, फाइनान्स ०.५१, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, निर्जीवन बीमा ०.२७, लगानी ०.३५, होटल तथा पर्यटन ०.१४ तथा अन्य समूह ०.१७ प्रतिशतले बढेका छन् ।

तर, हाइड्रोपावर ०.२२ प्रतिशत र व्यापार समूह ०.५३ प्रतिशतले घटेका छन् । कम्पनीगत हिसाबमा माइखोला हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशतले उक्लिँदै शीर्ष स्थानमा रह्यो । त्यसपछि माण्डु हाइड्रोपावर ६.७६, समता घरेलु लघुवित्त ६.५७, भगवती हाइड्रोपावर ६.५२ र सानिमा बैंकको मूल्य ४.८० प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरूमध्ये सानिमा बैंकपछि एसबीआई, लक्ष्मी सनराइज, सिद्धार्थ, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, ग्लोबल आइएमई र कृषि विकास बैंकको मूल्यमा पनि उल्लेख्य वृद्धि देखियो, ती सबैको सेयर मूल्य ३.४५ प्रतिशतभन्दा बढीले उक्लिएको हो ।

दोस्रो पट्टि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९ प्रतिशतले घट्दै सबैभन्दा धेरै घट्ने कम्पनी रह्यो । राप्ती हाइड्रो ६.४, सिन्धु विकास बैंक र पञ्चकन्या माइक्रोफाइनान्सको मूल्य ४.३ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर कम्पनी, सानिमा बैंक, सप्तकोशी विकास बैंक र सीईडीबी होल्डिङ्स अगाडि रहे । बजारको कुल पूँजीकरण ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था