८ कार्तिक २०८३, आइतबार । October 25, 2026

दुई दिनपछि सेयर बजारमा २२ अंकको उत्साहजनक वृद्धि


२५ असार २०८२, बुधबार  

18
Shares

काठमाडौं । दुई दिनको गिरावटपछि नेप्से परिसूचक बुधबार पुनः उत्साहजनक सुधार देखाउँदै २२.०४ अंकले उक्लिएको छ।

साताको पहिलो दिन आइतबार नेप्से सामान्य रूपमा हरियाली देखिए पनि त्यसपछिका दुई दिन लगातार गिरावट आएको थियो। बुधबारको यो सुधारसँगै परिसूचक २७०५.९० विन्दुमा पुगेको छ। बुधबार ३१६ कम्पनीका कूल १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच भएको छ, जसको कुल कारोबार रकम ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँ नाघेको छ।

यो अघिल्लो दिन मंगलबारको ६ अर्ब ५७ करोडको कारोबारसँग तुलना गर्दा उल्लेखनीय वृद्धि हो। हालको बजार सुधारका बाबजुद कुनै पनि कम्पनी सर्किट लेभलमा पुग्न सकेनन्। तर, बरुणा हाइड्रोपावर ६.२१ प्रतिशतको मूल्य वृद्धिसहित शीर्ष गेनर बन्न सफल भयो। त्यसपछि पञ्चकन्या माइ हाइड्रोपावर, एनआईसी एसिया बैंक, सीईडीबी होल्डिङ्स र न्यादी हाइड्रोपावर क्रमशः उच्च आम्दानी गर्ने कम्पनीहरूमै परेका छन्।

उता, ग्रिन डेभलपमेन्ट बैंक, एनएमबी हाइब्रिड फन्ड, पिपुल्स हाइड्रोपावर, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र खानीखोला हाइड्रोपावर भने मूल्य घटेर सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा परेका छन्। कारोबार रकमको हिसाबले राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार मूल्य ४६ करोड ७१ हजार रुपैयाँ पुग्यो।

त्यसपछि बुटवल पावर कम्पनी (३६ करोड), एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट (३५ करोड), गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (३१ करोड) र नेपाल रिइन्स्योरेन्स कम्पनी (२८ करोड) कारोबार रकमका आधारमा अगाडि देखिए। उपसमूह सूचकहरूमा पनि सकारात्मक धारणा देखिएको छ।

बैंकिङ समूहको उपसूचक १.६८ प्रतिशतले बढ्दै सबैभन्दा बढी उक्लिएको छ। कुल कारोबार भएका कम्पनीहरूमध्ये १९९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ४९ कम्पनीको मूल्यमा गिरावट आएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि