७ चैत्र २०८२, शनिबार । March 22, 2026

दुई दिनपछि सेयर बजारमा २२ अंकको उत्साहजनक वृद्धि


२५ असार २०८२, बुधबार  

18
Shares

काठमाडौं । दुई दिनको गिरावटपछि नेप्से परिसूचक बुधबार पुनः उत्साहजनक सुधार देखाउँदै २२.०४ अंकले उक्लिएको छ।

साताको पहिलो दिन आइतबार नेप्से सामान्य रूपमा हरियाली देखिए पनि त्यसपछिका दुई दिन लगातार गिरावट आएको थियो। बुधबारको यो सुधारसँगै परिसूचक २७०५.९० विन्दुमा पुगेको छ। बुधबार ३१६ कम्पनीका कूल १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच भएको छ, जसको कुल कारोबार रकम ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँ नाघेको छ।

यो अघिल्लो दिन मंगलबारको ६ अर्ब ५७ करोडको कारोबारसँग तुलना गर्दा उल्लेखनीय वृद्धि हो। हालको बजार सुधारका बाबजुद कुनै पनि कम्पनी सर्किट लेभलमा पुग्न सकेनन्। तर, बरुणा हाइड्रोपावर ६.२१ प्रतिशतको मूल्य वृद्धिसहित शीर्ष गेनर बन्न सफल भयो। त्यसपछि पञ्चकन्या माइ हाइड्रोपावर, एनआईसी एसिया बैंक, सीईडीबी होल्डिङ्स र न्यादी हाइड्रोपावर क्रमशः उच्च आम्दानी गर्ने कम्पनीहरूमै परेका छन्।

उता, ग्रिन डेभलपमेन्ट बैंक, एनएमबी हाइब्रिड फन्ड, पिपुल्स हाइड्रोपावर, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र खानीखोला हाइड्रोपावर भने मूल्य घटेर सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा परेका छन्। कारोबार रकमको हिसाबले राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार मूल्य ४६ करोड ७१ हजार रुपैयाँ पुग्यो।

त्यसपछि बुटवल पावर कम्पनी (३६ करोड), एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट (३५ करोड), गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (३१ करोड) र नेपाल रिइन्स्योरेन्स कम्पनी (२८ करोड) कारोबार रकमका आधारमा अगाडि देखिए। उपसमूह सूचकहरूमा पनि सकारात्मक धारणा देखिएको छ।

बैंकिङ समूहको उपसूचक १.६८ प्रतिशतले बढ्दै सबैभन्दा बढी उक्लिएको छ। कुल कारोबार भएका कम्पनीहरूमध्ये १९९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ४९ कम्पनीको मूल्यमा गिरावट आएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो