२८ पुस २०८२, सोमबार । January 12, 2026

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्गको यातायात पूर्णरूपमा अवरुद्ध



बुटवल । निरन्तरको वर्षापछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोलानजिक सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा रातिदेखि नै सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ।

सडक भासिएको स्थानमै लु १ क ५८२७ नम्बरको मालवाहक ट्रक फस्दा झनै समस्या जटिल बनेको हो। घटनापछि बर्दघाटतर्फ जाने सवारी साधनहरू टिसिएनचोकमा र पूर्वबाट आउने सवारीहरू दुम्किबासमै रोकिएका छन्। पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले सडक खुलाउने प्रयास जारी रहे पनि अविरल वर्षाका कारण काममा ढिलाइ भइरहेको जानकारी दिए।

खुर्सानी खोलाको यो क्षेत्र पहिल्यैदेखि सडक भासिने संवेदनशील बिन्दुका रूपमा चिनिन्छ। नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत दाउन्ने खण्डको झन्डै १४ किलोमिटर सडकको निर्माण कार्य सुस्त गतिमा रहेकाले बारम्बार यस क्षेत्रको यातायात अवरुद्ध हुने गरेको स्थानीयहरू बताउँछन्।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले