२८ पुस २०८२, सोमबार । January 13, 2026

सिंगापुरलाई हराउँदै नेपाल बन्यो एसीसी इस्ट जोन कपमा च्याम्पियन



काठमाडौं । नेपालले एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि उचालेको छ।

शनिबार मलेसियाको यूकेएम वाईएसडी ओभलमा भएको रोमाञ्चक फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो। सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमै ८ विकेट गुमाउँदै पूरा गर्‍यो। यद्यपि, लक्ष्य सानो भए पनि खेलको अन्तिम चरणसम्म प्रतिष्पर्धा निकै रोमाञ्चक रह्यो।

अघिल्लो संस्करणमा पनि नेपाल विजेता बनेको थियो, जहाँ फाइनलमा मलेसियामाथि नेपालले २२१ रनको विशाल अन्तरले जीत हात पारेको थियो।

यसपटकको जितसँगै नेपालले इस्ट जोन कपमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले