४ असार २०८३, बिहिबार । June 18, 2026

ग्रामिण कृषिमा बढ्दो आकर्षणले उकासिदै छ क्षेत्रिय अर्थतन्त्र


१९ असार २०८२, बिहिबार  

30
Shares

काठमाडौं । पछिल्लो समय नेपालको ग्रामिण क्षेत्रमा कृषि क्षेत्रको बढ्दो आकर्षणले ग्रामिण भेगहरुको अर्थतन्त्रमा उल्लेख वृद्धि भएको तथ्यांकले देखाएको छ ।

हेफर इन्टरनेशनलले नेपालद्वारा एजिसिओ एग्रीकल्चर फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले सार्वजनिक गरेको एक अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययन प्रतिवेदनका अनुसार ग्रामिण क्षेत्रको मुख्य आम्दानी स्रोत भनेको डेरी क्षेत्र हो। दुग्ध क्षेत्रमा गरेको यो लगानीले विशेषतः विभिन्न जिल्लाहरुमा क्षेत्रीय अर्थतन्त्तलाई नै बलियो बनाएको अध्ययनले देखाएको छ ।

यसले जलवायुमैत्री डेरी अभ्यासले किसानको जीवनशैली रूपान्तरण गर्दै ग्रामिण अर्थतन्त्रमा उल्लेख्य सुधारगरी कृषिकहरुको जीवन स्तर उकासिएको छ । अध्ययनले भन्छ, पछिल्लो पाँच वर्षमा दुध उत्पादन, प्रति पशु उत्पादकत्व, ग्रामीण अर्थतन्त्रमा योगदान, वातावरणीय प्रभाव न्यूनीकरण तथा महिला सशक्तिकरणमा उल्लेखनीय प्रगति भएको हो ।

पाँच वर्षमै ३८ प्रतिशतले बढ्यो दुग्ध उत्पादन
सन् २०१९ मा नेपालमा कुल दुग्ध उत्पादन २० लाख ९ हजार मेट्रिक टन थियो, जुन सन् २०२३ मा बढेर २७ लाख ७२ हजार मेट्रिक टन पुगेको छ करिब ३८ प्रतिशतको उल्लेखनीय वृद्धि। यसमा भैंसीको दुध उत्पादन ७.९५ लाख मेट्रिक टनबाट १३.९९ लाख मेट्रिक टनमा पुगेको छ भने गाईको दुध उत्पादन १२.१४ लाख मेट्रिक टनबाट १३.७२ लाख मेट्रिक टनमा उक्लिएको छ।

प्रति पशु उत्पादकत्वमा दोब्बर सुधार
गाई र भैंसी दुबैको प्रति पशु वार्षिक उत्पादकत्वमा दोब्बर सुधार आएको छ।
भैंसीको उत्पादकत्व ८८० केजीबाट बढेर १,६४४ केजी पुगेको छ भने गाईको उत्पादकत्व ७३७ केजीबाट १,३२५ केजीमा पुगेको हो। यसको प्रमुख कारण उन्नत नस्ल प्रवद्र्धन, आहार सुधार, पशु स्वास्थ्य सेवामा लगानी र वैज्ञानिक व्यवस्थापन प्रणाली भएको प्रतिवेदनमा उल्लेख छ।

डेरी अर्थतन्त्रको मुख्य मेरुदण्ड बन्दै
डेरी व्यवसायले देशको कुल गार्हस्थ उत्पादनमा ३–४ प्रतिशत योगदान गरिरहेको छ। पाँच लाखभन्दा बढी मानिस यो क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न छन्। हेफर इन्टरनेसनलको सहकार्यमा सञ्चालन भएका परियोजनाबाट डेरी कारोबार सन् २०२० को ५.७ अर्ब रुपैयाँबाट सन् २०२४ मा १९.५ अर्ब रुपैयाँमा पुगेको छ। सहकारी कोष पनि २.३ अर्ब रुपैयाँबाट बढेर ५.९ अर्ब पुगेको छ। हाल ४ लाखभन्दा बढी परिवार, १८ हजारभन्दा बढी स्वयं सहायता समूह, र ३०० भन्दा बढी महिला नेतृत्वका सहकारी संस्थाहरू अभियानमा सहभागी छन्।

त्यस्तै दाना तथा चारा उत्पादनमा आत्मनिर्भरता उन्मुख रहेको छ । १६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा ३६ प्रजातिका डालेघाँस तथा उन्नत चारा उत्पादन गरिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै पोषणयुक्त आहार उपलब्ध गराउँदै उत्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याएको छ। २ लाखभन्दा बढी गोठहरू निर्माण तथा सुधार गरिएकाले गोठमै खुवाउने (स्टाल फिडिङ) प्रणालीले गति लिएको छ।

हरित प्रविधिको प्रयोगमा उत्साहजनक वृद्धि
डेरी फार्मिङमा जलवायुमैत्री प्रविधिहरूको प्रयोग उल्लेखनीय रूपमा बढेको छ।
युरिया मोलासेस मिनरल ब्लकको प्रयोगले उत्पादनमा वृद्धि गर्नुका साथै मिथेन ग्यास उत्सर्जनमा कमी आएको छ। त्यस्तै, बायो–फर्मेन्टेड पराल, साइलेज मेसिन, र सौर्य ऊर्जाबाट सञ्चालित पानी तताउने यन्त्रहरू ले फार्महरूलाई ऊर्जा–कुशल बनाएका छन्।

बायोग्यास र ऊर्जाको बचत
हालसम्म १८ हजारभन्दा बढी बायोग्यास प्लान्टहरू स्थापना गरिएका छन्, जसले पशुजन्य फोहोरलाई स्वच्छ ऊर्जामा रूपान्तरण गरी ग्रामीण परिवारलाई एलपी ग्यासमा खर्च हुने करिब २,००० रुपैयाँ मासिक बचत गराइरहेका छन्।
८ वटा दुग्ध संकलन सहकारीमा सौर्य ऊर्जाबाट सञ्चालित उपकरण जडान गरिएको छ, जसले दुग्ध संकलन केन्द्रहरूको स्वच्छता र ऊर्जा दक्षता सुधारमा योगदान पुर्याएको छ। किसानहरूलाई जलवायुमैत्री अभ्याससम्बन्धी व्यापक तालिम प्रदान गरिएको छ। नेपाल कृषि अनुसन्धान परिषद कृषि तथा वन विश्वविद्यालय, क्ष्ीच्क्ष् जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीमा अनुसन्धान र प्रविधि हस्तान्तरण भएको छ।

कार्बन सञ्चयमा उल्लेखनीय योगदान
परियोजनाहरूले हालसम्म करिब ७५ हजार मेट्रिक टन बराबर कार्बन सञ्चय गर्न मद्दत गरेका छन्। जलवायु संकटसँग जुध्न कृषि क्षेत्रबाट भएको यस्तो योगदान वातावरणीय दिगोपनतर्फको सकारात्मक संकेत हो। ललितपुरमा आयोजित ‘क्लाइमेट स्मार्ट डेरी फार्मिङ इन नेपाल’ अन्तक्रिया कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले ग्रामिण कृषि विगतको तुलनामा बढ्दै गएको ग्रामिण अर्थतन्त्रलाई यसले ठुलो टेवा पुगेको बताए ।

उनले भने,‘ एकल कृषि प्रणालीबाट मात्र सम्भव हुँदै त्यो छरिन्छ, तर, ग्रामिण एकिकृत कृषि प्रणाली भयो भने त्यो सुधार हुन्छ र अन्य सम्भवनाको ढोकाहरु पनि खुल्छन् ।’ त्यस्तै उनले आगामी दिनमा जलवायु परिवर्तन ल्याउन सक्ने नकारात्मक प्रभावकोबारेमा अहिले देखिनै तयारीमा लाग्नु पर्ने बताए । उनले भने,‘ जलवायु परिवर्तनले हाम्रो कृषि क्षेत्र मात्र नभई समग्र क्षेत्रमा त्यसको प्रभाव ल्याउँदै त्यसको लागि अहिले देखि तयारीमा लाग्नुपर्छ ।’

जलवायु अनुकूल प्रविधि, सहकार्य र किसानको सक्रियताले डेरी क्षेत्रलाई भविष्यमुखी बनाउने सम्भावना देखाएको छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा