३१ आश्विन २०८३, शनिबार । October 18, 2026

भुटानकाविरुद्ध सानदार जीत निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश


१७ असार २०८२, मंगलबार  

120
Shares

काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि ऐतिहासिक जित हात पार्दै समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरेको छ।

नेपालले भुटानलाई २ सय ९८ रनको विशाल अन्तरले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। नेपालको ब्याटिङमा रौनक श्रीवास्तवले उत्कृष्ट प्रदर्शन गर्दै १६८ रनको शानदान इनिङ खेले। उनले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

यद्यपि नेपालका ओपनरहरू लामो समय टिक्न नसकेपनि, तेस्रो विकेटका लागि रौनक श्रीवास्तव र सिवान्स बजगाईंले ९१ रनको साझेदारी गर्दै इनिङलाई स्थायित्व दिए। बजगाईंले ५४ रन बनाउँदा जोय थापा ६१ रनमा अविजित रहे। सुगम बुढाथोकीले पनि ३५ रनको योगदान दिए।

जवाफी ब्याटिङमा भुटान सुरुदेखि नै दबाबमा देखियो। नेपालका बलरहरूको सशक्त प्रदर्शनसामु भुटानको टिम ६० रनमै समेटियो। भुटानका लागि केवल दुई खेलाडी—उग्यन केल्जाङ्ग चोपहेल (१० रन) र छेजाङ्ग दावा (१४ रन) ले मात्र दोहोरो अंकमा रन जोड्न सके।

नेपालका लागि बलिङमा विपिन प्रसाद शर्माले ४ विकेट लिँदै भुटानी ब्याटिङलाई ध्वस्त पारे। सचिन भट्टले २ विकेट हात पार्दा सुयोग भट्टराईले १ विकेट लिए। पहिले नै सेमिफाइनल प्रवेश गरिसकेको नेपालले यो जितसँगै समूह चरणको सबै खेलमा विजयी हुँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालको लय र प्रदर्शनले उपाधिको बलियो दाबेदारको रूपमा उभिएको संकेत गरिरहेको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि