२९ पुस २०८२, मंगलबार । January 13, 2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि ! कति पुग्यो लिटरमा ?



काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

निगमको निर्णयअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु ५ को वृद्धि गरिएको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा पनि प्रतिलिटर रु ४ को वृद्धि गरिएको छ। नयाँ मूल्यसूचकअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६५ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १४९ कायम भएको छ।

नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (IOC) ले हालसालै पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। यसका साथै, अन्तर्राष्ट्रिय हवाई इन्धन (एभिएसन टरबाइन फ्युल) को मूल्य पनि बढाइएको छ। अब उक्त इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको छ।

निगमले लागतअनुसार मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ भने उपभोक्ताहरूलाई मूल्यवृद्धिको असरको सामना गर्नुपर्ने अवस्था पुनः देखिएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले