२२ माघ २०८२, बुधबार । February 4, 2026

सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध



गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गएराति परेको लगातारको वर्षाले सडक भासिँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार, “गत वर्षको बाढीले सामान्य क्षति पुर्‍याएको सडक समयमा मर्मत नहुँदा यसपटकको वर्षाले थप क्षति पुर्‍याएको हो। सडक विगतदेखि नै जोखिमपूर्ण अवस्थामा थियो, अहिले त चारपाङ्ग्रे सवारी सञ्चालन गर्न असम्भव भइसकेको छ।”

सहिद लखन गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाका नै अवरुद्ध भएपछि यात्रुहरू कठिनाइमा परेका छन्। सडक भासिएकाले मोटरसाइकल चालक र पैदलयात्रुहरू पनि ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

यद्यपि सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम थालेको भए पनि निरन्तरको वर्षाका कारण निर्माण कार्यमा अवरोध आएको जनाइएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल