२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध



गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गएराति परेको लगातारको वर्षाले सडक भासिँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार, “गत वर्षको बाढीले सामान्य क्षति पुर्‍याएको सडक समयमा मर्मत नहुँदा यसपटकको वर्षाले थप क्षति पुर्‍याएको हो। सडक विगतदेखि नै जोखिमपूर्ण अवस्थामा थियो, अहिले त चारपाङ्ग्रे सवारी सञ्चालन गर्न असम्भव भइसकेको छ।”

सहिद लखन गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाका नै अवरुद्ध भएपछि यात्रुहरू कठिनाइमा परेका छन्। सडक भासिएकाले मोटरसाइकल चालक र पैदलयात्रुहरू पनि ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

यद्यपि सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम थालेको भए पनि निरन्तरको वर्षाका कारण निर्माण कार्यमा अवरोध आएको जनाइएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको