१९ पुस २०८२, शनिबार । January 3, 2026

चन्द्रपुरमा बस दुर्घटना, १० यात्रु घाइते



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ मा सोमबार बिहान भएको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन्।

घाइतेमध्ये तीन जना नेपाली तथा सात जना भारतीय नागरिक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले जनाएको छ। काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरीको संयुक्त टोलीले तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई चन्द्रपुरस्थित चपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ, जहाँ उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि बसका चालक फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together