२९ पुस २०८२, मंगलबार । January 13, 2026

बाढीले नारायणगढ–बुटवल र गोरखा आरुघाट सडक पूर्ण रूपमा अवरुद्ध



काठमाडौं । सोमबार बिहानको अविरल वर्षासँगै पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले विनय खोलामा निर्माण गरिएको डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

यातायात अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट उद्धार तथा सहायता कार्यका लागि सुरक्षाकर्मीहरू खटाइएको जनाइएको छ। त्यस्तै, गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाडेमा पर्ने गोरखा आरुघाट–बुङ्कोट लोकमार्गमा पनि सोमबार बिहानको वर्षाले ह्युम पाइप बगाएको छ। यस घटनापछि सडक भासिएको र यातायात सम्पूर्ण रूपमा रोकिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

वर्षासँगै आएको यी घटनाहरूले देशका विभिन्न भेगमा पूर्वाधार जोखिममा परेका छन् भने यात्रुहरू घण्टौँसम्म अलपत्र परिरहेका छन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले