१० श्रावण २०८३, आइतबार । July 26, 2026

एसीसी यू–१६ इस्ट जोन कप: नेपालद्वारा सिंगापुरमाथि सानदार जित


८ असार २०८२, आइतबार  

342
Shares

काठमाडौं । सिंगापुरमा जारी एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सानदार प्रदर्शन गर्दै घरेलु टोली सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ।

१३९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १६.३ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हासिल गर्‍यो। ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको संयमित अर्धशतकले नेपालको जितमा मुख्य भूमिका निभायो। जसैले सुरुदेखि नै पारीलाई सम्हाल्दै अघि बढाएका थिए। उनले ९१ बलमा अर्धशतक पूरा गरे र अन्ततः ५५ रन बनाएर अविजित रहे। उनको धैर्यपूर्ण इनिङ्सले नेपाललाई लक्ष्यसम्म सहजै पुर्‍याउन मद्दत गर्‍यो।

नेपालको बलिङ र फिल्डिङ प्रदर्शन पनि प्रभावशाली रह्यो, जसको आधारमा सिंगापुरलाई १३९ रनमै रोक्न सफल भयो। यो जितसँगै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आगामी खेलहरूमा पनि नेपाली टिमले यस्तै लय कायम राख्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर