२९ पुस २०८२, मंगलबार । January 13, 2026

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो



काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले स्कटल्याण्डसँग ३४ रनको पराजय ब्यहोरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। जवाफी इनिङमा नेपाल १५९ रनमै समेटियो। यस हारसँगै नेपालले सिरिजमा तीनमध्ये दुई खेल जितेको छ भने स्कटल्याण्डले एक मात्र जित निकालेको छ।

नेपालले सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग रोमाञ्चक तेस्रो सुपर ओभरसम्मको संघर्षमा हार स्विकार्नु परेको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले सहज जित निकालेको थियो।

त्यस्तै स्कटल्याण्डले सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्समाथि ३९ रनको सानदार जित दर्ता गरेको थियो। तर दोस्रो खेलमा उनीहरू नेपालसँग दुई विकेटले पराजित भए। तेस्रो खेलमा भने स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो।

सिरिजको समग्र नतिजा हेर्दा तीनै टिमबीच प्रतिस्पर्धा कडा रह्यो, तर अन्तिम खेलमा स्कटल्याण्डको सशक्त प्रदर्शनले नेपाललाई निराश बनायो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले