१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो


६ असार २०८२, शुक्रबार  

231
Shares

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले स्कटल्याण्डसँग ३४ रनको पराजय ब्यहोरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। जवाफी इनिङमा नेपाल १५९ रनमै समेटियो। यस हारसँगै नेपालले सिरिजमा तीनमध्ये दुई खेल जितेको छ भने स्कटल्याण्डले एक मात्र जित निकालेको छ।

नेपालले सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग रोमाञ्चक तेस्रो सुपर ओभरसम्मको संघर्षमा हार स्विकार्नु परेको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले सहज जित निकालेको थियो।

त्यस्तै स्कटल्याण्डले सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्समाथि ३९ रनको सानदार जित दर्ता गरेको थियो। तर दोस्रो खेलमा उनीहरू नेपालसँग दुई विकेटले पराजित भए। तेस्रो खेलमा भने स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो।

सिरिजको समग्र नतिजा हेर्दा तीनै टिमबीच प्रतिस्पर्धा कडा रह्यो, तर अन्तिम खेलमा स्कटल्याण्डको सशक्त प्रदर्शनले नेपाललाई निराश बनायो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली