१७ श्रावण २०८३, आइतबार । August 3, 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने उछाल


५ असार २०८२, बिहिबार  

39
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ।

नेप्से सूचक २४.७६ अंकले घट्दै २,६२८.९१ विन्दुमा आइपुगेको हो। सूचकमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। बुधबार ९ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएकोमा बिहीबारको कारोबार ११ अर्ब रुपैयाँ नाघेको छ। बिहीबारको दिन ३१४ स्क्रिप्ट्सको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ पुगेको छ।

उल्लेखनीय रूपमा, पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर ५.५५ प्रतिशतले उक्लिएको छ। तर, पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका सेयरमा १० प्रतिशतको भारी गिरावट आएको छ।

कारोबार रकमको आधारमा नगदी ग्रुप अग्रस्थानमा रहेको छ, जसको कारोबार मूल्य ८५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको सेयरमा ५८ करोड, सिंगटी हाइड्रो इनर्जीमा ४७ करोड, सानिमा माइ हाइड्रोपावरमा ४२ करोड र राधी विद्युत कम्पनीको सेयरमा ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कुल ४८ कम्पनीका सेयर मूल्यमा सुधार देखिए पनि २०१ कम्पनीका सेयर घटेका छन्। सबै समूहका उपसूचक राताम्मै देखिएका छन् भने ट्रेडिङ समूहको उपसूचकमा सबैभन्दा ठूलो २.४७ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर