काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा घटबढ देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो। बुधबार तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा झरेको छ। त्यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। महासङ्घका अनुसार चाँदी तोलामा २५ रुपैयाँले घटेर २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
धेरै दिनयता स्थिरजस्तै देखिएको धातु बजारमा आज देखिएको गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्ताका लागि केही राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया