१ माघ २०८२, बुधबार । January 14, 2026

एआईजी कार्कीको शब्दमा ‘गुन्यु चोली पटुकी’



काठमाडौं । नेपाली संस्कृति र राष्ट्रिय पहिचानलाई उजागर गर्ने उद्देश्यले लिखिएको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक गरिएको छ।

गीतका रचनाकार नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की हुन्। गीतमा संगीतकार वसन्त सापकोटाको संगीत रहेको छ भने सुमधुर स्वर दिएकी छिन् बाल गायिका अनुजा कडरियाले। भिडियोमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन्, जसले गीतको भावनालाई जीवन्त बनाएकी छिन्। गीतको निर्देशन किरन थापाले गरेका छन् भने छायांकन, सम्पादन र कलर ग्रेडिङको जिम्मा पवन सुस्लिङले सम्हालेका छन्।

एआईजी कार्कीका अनुसार यो गीत नयाँ पुस्तामा राष्ट्रप्रेम र सांस्कृतिक चेतना जगाउने उद्देश्यले तयार पारिएको हो। “गुन्यु, चोलो र पटुकी हाम्रो मौलिक पहिचानका प्रतीक हुन्,” उनले भने, “यी संस्कृति चिन्हहरू भावी पुस्ताले बिर्सिन नदिऔँ भनेर यो गीत लेखिएको हो।”

यसअघि प्रहरी प्रवक्ताका रूपमा कार्यरत रहँदा पनि एआईजी कार्कीले ‘दसैँ–तिहार’ बोलको गहकिलो र भावनात्मक गीत सार्वजनिक गरेका थिए, जसले धेरैको मन छोएको थियो।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले