१ माघ २०८२, बुधबार । January 14, 2026

शेयर बजार ओरालो, कारोबार रकम पनि घट्यो



काठमाडौं । एक दिनको सुधारपछि आज पुनः नेपाल शेयर बजार ओरालो लागेको छ।

नेप्से परिसूचक आज ३.९० अंकले घटेर २,६५४.७५ विन्दुमा झरेको छ। आजको कारोबारमा जलविद्युत्, लघुवित्त र व्यापार समूह बाहेक बाँकी सबै समूहमा गिरावट देखिएको छ। विशेषगरी होटल तथा पर्यटन समूह सबैभन्दा बढी प्रभावित भयो, जसको सूचक १.५ प्रतिशतभन्दा बढीले घट्यो।

बीमा कम्पनीको प्रदर्शन कमजोर

आज गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर मूल्यमा उल्लेखनीय गिरावट आएको छ। कम्पनीको शेयर मूल्य ४.५ प्रतिशतभन्दा बढीले घटेको छ, जसले बीमा क्षेत्रको समग्र प्रदर्शनमा दबाव बढाएको छ।

प्योर इनर्जीको शेयरमा उत्साह

बजार ओरालो लागे पनि प्योर इनर्जी डेभलपमेन्ट कम्पनी आजको कारोबारमा चम्कियो। कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको बम्पर वृद्धि भएको छ, जसले लगानीकर्तामा आंशिक सकारात्मकता ल्याएको देखिन्छ।

कारोबार रकममा समेत गिरावट

कारोबार रकम हिजोको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। हिजो १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो भने आज जम्मा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार मात्र भएको छ।

आज ३०६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले