२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

दिपल इभीको नयाँ अफर : ‘ड्राइभ नाउ, पे लेटर’



काठमाडौं । नेपालको लक्जरी इभी बजारमा अग्रणी दिपल इभीले नेपाली ग्राहकका लागि विशेष अफर ल्याएको छ।

स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले भरिएको दिपल इभीका आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ योजना सार्वजनिक गरेको हो। यो सीमित अवधिको योजनाअन्तर्गत दिपलको प्रिमियम मोडल खरिद गर्ने ग्राहकले पहिलो ६ महिनासम्म कुनै मासिक किस्ता तिर्नु पर्दैन।

यसले ग्राहकलाई सहज किस्ताबन्दी योजनासहित लक्जरी इलेक्ट्रिक कार खरिद गर्न थप उत्साह र सहुलियत दिने अपेक्षा गरिएको छ।

अफरमा के-के छन्?

  • ६ महिनासम्म किस्ता नतिर्ने सुविधा
  • पुरानो कारको आकर्षक एक्सचेञ्ज भ्यालु
  • निशुल्क अटो प्लस इन्स्योरेन्स
  • ७kW वाल चार्जर र ३kW ट्राभल चार्जर निःशुल्क
  • ८२/८३ सालको सडक कर निःशुल्क

यो योजना दिपल S07, S07 L, र L07 मोडलहरूमा लागू हुनेछ र देशभरका आधिकारिक दिपल शोरुमहरूमा उपलब्ध छ।

एक वर्षअघि नेपाली बजारमा प्रवेश गरेको दिपलले हालसम्म ९०० युनिटभन्दा बढी बिक्री गरिसकेको छ। सनफ्लावर टचस्क्रिन, एआर HUD, जेस्चर कन्ट्रोलजस्ता १० भन्दा बढी नयाँ प्रविधिहरूले दिपललाई नेपालकै सबैभन्दा लोकप्रिय लक्जरी इभी ब्रान्ड बनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको